Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सर्लाहीमा एकजना मृत र एक घाइते अवस्थामा भेटिए

सर्लाहीमा एकजना मृत र एक घाइते अवस्थामा भेटिए

शनिवार , चैत्र १, २०८१

सर्लाही । सर्लाहीको बसवरियामा एकजना मृत र एक घाइते अवस्थामा भेटिएका छन् ।

यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा शनिबार एक युवक मृत र एक जना घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बसवरिया गाउँपालिका–२, बस्ने २५ वर्षीय राजीव पासवान मृत फेला परेका जानकारी दिए ।

यस्तै, मुख र टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा सोही स्थानका २० वर्षीय धनञ्जय यादवको उद्धार गरिएको प्रहरीले जनाएको छ।

घाइते यादवको बरहथवास्थित स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले मोटरसाइकलको सिट, भाइजर, हेडलाइट फेला पारेको भए पनि दुर्घटनाको कारण वा साधनको पहिचान हुन सकेको छैन।

घटना शङ्कास्पद देखाएकाले प्रहरीको प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077