Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हटौंडामा प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता नीराजन पक्राउ

हटौंडामा प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता नीराजन पक्राउ

आइतवार , चैत्र २, २०८१

काठमाडौं । हटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्वीर जलाउने राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाउने संगठनका सदस्य सचिव नीराजन बमलाई प्रहरीले पक्राउ गरेको हो ।

बमलाई चितवन प्रहरीको सहयोगमा आज भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको थियो ।

राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी कार्यक्रममा संगठनका सदस्य सचिव पताँलाले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका थिए।

प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077