Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

खैरो हेरोइनसहित कैलालीबाट पाँच जना पक्राउ

खैरो हेरोइनसहित कैलालीबाट पाँच जना पक्राउ

आइतवार , चैत्र २, २०८१

धनगढी । कैलाली प्रहरीले खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलीग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय आदित्य राना, घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण चौधरी, २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवल उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय रमेश कार्की रहेका छन् ।

रानालाई धनगढी उपमहानगरपालिका–३ को त्रिनगर ब्यारेल नजिकै भारतबाट धनगढीतर्फ आइरहेका बेला उनी सवार सुपप्र०१०१२ प ५४७५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई ग्राम ८६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

अन्य चार जनालाई भने घोडाघोडी नगरपालिका–७ को हरिनगरस्थित सोही ठाउँका लक्ष्मण चौधरीको घरमा लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।

चौधरीको घर कोठामा खानतलासी गर्दा सुटकेसभित्र राखिएको कोटको गोजीबाट १५ ग्राम ६० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको थियो ।

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077