Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मन्त्री निवास क्षेत्र वरपर निषेधाज्ञा लागू, विरोध प्रदर्शन नगर्न नपाइने

मन्त्री निवास क्षेत्र वरपर निषेधाज्ञा लागू, विरोध प्रदर्शन नगर्न नपाइने

आइतवार , चैत्र २, २०८१

ललितपुर । ललितपुर जिल्लाका केही महत्वपूर्ण क्षेत्रहरूमा आगामी दुई महिनासम्म पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र वरपर निषेधाज्ञा लागू गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी आदेशअनुसार, तोकिएको क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न रोक लगाइएको छ।

प्रशासनले भीडभाडका कारण तोडफोड, आगजनी, हुलदंगा वा सार्वजनिक सेवामा अवरोध पुग्न सक्ने भन्दै यस्तो निर्णय लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077