Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

खुँडा प्रहार गरेको आरोपमा ठकुरी पक्राउ

खुँडा प्रहार गरेको आरोपमा ठकुरी पक्राउ

आइतवार , चैत्र २, २०८१

कास्की । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ सेदी बसपार्कस्थित सार्वजनिक स्थानमा धारिलो हतियार प्रहारको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने २२ वर्षीय मनिष ठकुरी रहेका छन् ।

शनिबार साँझ करिब ६ बजे एक व्यक्तिलाई खुँडाले आक्रमण गरिएको भन्ने सूचना प्राप्त भएपछि अस्थायी प्रहरी बिट सेदी, कास्कीबाट प्रहरी टोली खटिएको थियो । सो टोलीले धारिलो हतियार (खुँडा) सहित आरोपित ठकुरीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाएको थियो ।

पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077