Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

इन्स्पेक्टर सुवेदी बने सर्वोत्कृष्ट प्रहरी

इन्स्पेक्टर सुवेदी बने सर्वोत्कृष्ट प्रहरी

आइतवार , चैत्र २, २०८१

काठमाडौं । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

गण्डकी प्रदेश अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तथा हौसला प्रदान गर्ने उद्देश्यले लागू गरिएको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि -२०८१’ अनुसार फागुन महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ इन्स्पेक्टर सुवेदी बनेका हुन् ।

संगठनको नीति निर्देशनअनुसार उनलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ निर्वाह गर्नुका साथै लागुऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, सचेतनामूलक कार्यक्रम तथा आन्तरिक भौतिक पूर्वाधारको पुनर्निर्माण र संरक्षणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुवेदीले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्दै प्रहरी संगठनको छवि उच्च राख्न योगदान पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077