Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आज घर जाँदै आईजीपी कुँवर, भने - मुलुकको सेवा गर्न पाउनु अलौकिक र अविस्मरणीय !

आज घर जाँदै आईजीपी कुँवर, भने - मुलुकको सेवा गर्न पाउनु अलौकिक र अविस्मरणीय !

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अवकास हुने भएका छन् । उनी ३० वर्षे सेवा अवधिका कारण आज अनिवार्य अवकाश पाउन लागेका हुन् ।

आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । तीन दशक लामो आफ्नो सेवाकाललाई सम्झिँदै उनले यो अवधि मुलुक र नागरिकको सेवा गर्न पाएको अलौकिक र अविस्मरणीय अवसर भएको बताएका छन् ।

प्रहरी निरीक्षक पदबाट आफ्नो यात्रा सुरू गरेका आईजीपी कुँवरले मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न, मानव अधिकारको संरक्षण गर्न तथा कानूनी शासनको प्रत्याभूति गराउन आफूले इमानदार र व्यावसायिक योगदान गरेको बताए ।

'नेपाल प्रहरी संगठनमा काम गर्ने क्रममा मलाई सदैव उचित सहयोग, समन्वय र पृष्ठपोषण प्राप्त भयो। यसले संस्थागत सुधारलाई टेवा पुर्‍याएको अनुभूति गरेको छु,' उनले भने।

आईजीपी कुँवरले सामाजिक सद्भाव, सदाचार र एकता कायम राख्दै समुन्नत नेपाल निर्माणका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

साथै, उनले प्रहरी संगठनप्रति निरन्तर सहयोग रहने अपेक्षा व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगति र सफलताको कामना गरे ।

यस्तै आजै एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ पनि अनिवार्य अवकाश पाउदैछन् ।

त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077