Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रहरीका ५ एआईजी आजदेखि अनिवार्य अवकाशमा

नेपाल प्रहरीका ५ एआईजी आजदेखि अनिवार्य अवकाशमा

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेपाल प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी) आजबाट अनिवार्य अवकाशका कारण घर जाने भएका छन् ।

उनीहरु प्रहरीको विधमान ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन् ।

अवकाशमा जाने एआईजीहरुमा प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र प्रदेश समन्वय विभाग प्रमुख जनकराज भट्टराई रहेका छन् ।

उनीहरुरु आज राति १२ बजेदेखि अवकाश हुनेछन् । आईजीपी वसन्तबहादुर कुँवरसँगै उनीहरु पनि आजबाट घर जानेछन् । यी अधिकारीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

यस्तै उनीहरूकै ब्याची डीआईजीहरू गणेश चन्द, भोला रावल र धुवराज राउत पनि आज राति १२ बजेबाट अवकाश हुन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077