Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

स्टाफ कलेजसम्बन्धि रिटमा आज आदेश हुने

स्टाफ कलेजसम्बन्धि रिटमा आज आदेश हुने

सोमवार , चैत्र ३, २०८१

काठमाडौं। नेपाल प्रहरीमा सुरु हुन लागेको स्टाफ कलेजसम्बन्धि रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुने भएको छ ।

सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासमा सो रिटउपर सुनुवाई हुँदैछ।

नेपाल प्रहरीका २० डिएसपीले स्टाफ कलेज रोक्न माग गर्दै गत २६ फागुनमा रिट दायर गरेका हुन्। दोस्रो नम्बरमा नै राखेर रिटमा सुनुवाई गरी आज नै आदेशको तयारी छ ।

प्रहरीको स्टाफ कलेजको प्रवेश परीक्षा बुधबारदेखि सुरु हुन लागेको छ। जसकारण आज हुने आदेश निकै महत्वपूर्ण हुने बताइएको छ ।

सोमबार अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आफ्नो कार्यकालको उत्कृष्ट काममध्ये एक स्टाफ कलेज भएको बताएका छन् । तर, उनकै प्रहरी अधिकारी त्यसलाई असफल बनाउन लागेका छन्।

स्टाफ कलेज नगर्ने एसएसपीभन्दा माथि बढुवा हुन नपाउने गरी प्रहरीमा यो कोर्स लागू गर्न लागिएको हो ।

तर, अहिले कानूनमा नभएको कमजोरी झिकेर यसलाई रोक्ने प्रयास भइरहेको छ । खासगरी शक्तिकेन्द्रको आडमा रमाउने प्रहरी अधिकृत यसविरुद्ध लागेका बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077