Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डे र बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डे र बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वगृहसचिव टेकनारायण पाण्डे र बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले उनीहरुको रिट खारेज गरेको हो ।

गत माघ २ गते झाले थुनामुक्तको मागसहित निवेदन दायर गरेका थिए।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले गत असार १३ गते उनलाई पक्राउ गरेको थियो।

उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा पूर्वगृहसचिव पाण्डेलाई प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले गत असार १ गते उनीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खान ३० लाख धरौटी बुझाएर रिहा हुँदा गृह सचिव पाण्डे मुद्दाको पुर्पक्ष पूर्व गृहमन्त्री छुट्दा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धारामा छन् ।

पाण्डेकी श्रीमती मञ्जु पाण्डेले गएको फागुन ११ गते सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय रामशाह पथ, काठमाडौँ जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाइ बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077