Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गृह मन्त्रालयले गर्यो आईजीपी कुँवरको बिदाइ, हेडक्वार्टरमा अलमल

गृह मन्त्रालयले गर्यो आईजीपी कुँवरको बिदाइ, हेडक्वार्टरमा अलमल

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई बिदाइ गरेका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले आईजीपी कुँवरलाई शुभकामना सहित बिदाइ गरेका हुन् । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गरे।

गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्‍चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढि प्रगतिको लागि शुभकामना दिए।

सो अवसरमा आइजीपी कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामोयात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए।

आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

आईजीपी कुँवरसहित उनका ब्याचका उच्च अधिकृतहरू सोमबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

यसैबीच, प्रहरी मुख्यालयमा आईजीपी कुँवरको बिदाइका लागि आयोजना गरेको कार्यक्रमको समय भने पटकपटक सरेको छ ।

अपराह्न ४ बजे कुँवरको बिदाइ कार्यक्रम राखिए पनि मन्त्रिपरिषद् बस्न ढिलाइ भएपछि ५ बजेलाई सारिएको थियो । तर, ६ बजिसक्दा समेत कार्यक्रम शुुरु भएको छैन ।

प्रहरी प्रधान कार्यालयका अनुसार, नयाँ नियुक्त हुने आईजीपीलाई जिम्मेवारी हस्तान्तरण समेत सँगै गर्नेगरी कार्यक्रम राखिएको थियो ।

तर, मन्त्रिपरिषद् बैठक बस्न ढिलो हुँदा कार्यक्रम सरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077