Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गौतमबुद्ध विमानस्थलबाट ७ किलो गाँजासहित भारतीय महिला पक्राउ

गौतमबुद्ध विमानस्थलबाट ७ किलो गाँजासहित भारतीय महिला पक्राउ

सोमवार , चैत्र ३, २०८१

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय महिला पक्राउ परेकी छन् ।

थाई एयर एसियाको जहाजमा थाइल्याण्डको बैंककबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आएकी महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेगलाई प्रहरीले साढे सात किलो अवैध गाजासहित पक्राउ गरेको हो ।

विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा रहेको प्रहरी टोलीले बेगले ल्याएको सुटकेस खानतलासी गर्दा साढे सात किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

महिलालाई पक्राउ गरेर थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको छ ।

बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एसियाको विमानमार्फत ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077