Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट

सम्राट क्यासिनोमा दुई ‘गुण्डा’ समूहबीच कुटाकुट

सोमवार , चैत्र ३, २०८१

मोरङ । विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा 'ग्याङ फाइट' भएको छ ।

आइतबार राति करिब १२ बजे क्यासिनो परिसरमा एमाले नेता किरण लामा र रोनाल कँडेलको समूहसँग कांग्रेस निकट अभिषेक गिरीसहितको समूहको ग्याङ फाइट भएको हो ।

क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको प्रहरी स्रोत बताउँछ । आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा रहेका थिए । सोही बेला कँडेल र लामा क्यासिनोमा पुगेका थिए ।

उनीहरुलाई क्यासिनोमा प्रवेश गर्न बाउन्सरले रोके । त्यसपछि विवाद उत्पन्न हुँदा कुटाकुट भएको बताइएको छ ।

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको घटना बाहिरिएको हो ।

यता जिल्ला प्रहरी कार्यालय मोरङले दुवै समूह फरार रहेको जनाएको छ । उनीहरु प्रहरी घटनास्थल पुग्दासम्म भागिसकेको बताइएको छ ।

आफूमाथि कुटपिट भएको भन्दै अभिषेक समूहका निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी तथा अनुसन्धान थालेको हो । उनीहरु सबै गुण्डागर्दीमा संलग्न भएको प्रहरीको रेकर्डमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077