Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिँदै

नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिँदै

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापाले आज दर्ज्यान चिन्ह लगाउँदै छन् ।

गृह मन्त्रालयले मंगलबार आईजीपी थापालाई दर्ज्यान चिन्ह प्रदान गर्ने भएको हो ।

आईजीपी थापालाई गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले दर्ज्यान चिन्ह लगाउने कार्यतालिका रहेको छ।

सरकारले सोमबार थापालाई आईजीपीमा बढुवा गरेको थियो । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् ।

सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । प्रहरीभित्र उनी नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसरको रूपमा परिचित छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077