Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गृह सचिव दुवाडीद्धारा नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

गृह सचिव दुवाडीद्धारा नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिन्ह लगाएका छन्।

गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको थियो।

थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन् । उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए ।

३ जना प्रतिस्पर्धी मध्ये वरियतामा थापा एक नम्बरमा थिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा करिब ६ महिना प्रहरीको नेतृत्वमा रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077