Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रहरीमा सुधार ल्याउन साइत कुरेर बस्दिनँ, आफैबाट सुरू गर्छु : आईजीपी थापा

प्रहरीमा सुधार ल्याउन साइत कुरेर बस्दिनँ, आफैबाट सुरू गर्छु : आईजीपी थापा

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक आईजीपी दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।

गृह मन्त्रालयमा आज दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै आईजीपी थापाले सो कुरा बताएका हुन् ।

उनले भने,'प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।'

मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको आईजीपी थापाले बताए। उनले आफ्नो मन्तव्यमा प्रहरी कर्मचारीलाई कार्यक्षमताको उचित मूल्यांकन दिलाउने प्रयास गरे।

प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाए ।

मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइदिए । उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल गएर पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077