Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नवनियुक्त आईजीपी थापाले भने – पहुँच होइन, पद्धतिको विकास गर्छु

नवनियुक्त आईजीपी थापाले भने – पहुँच होइन, पद्धतिको विकास गर्छु

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताएका छन्।

गृह मन्त्रालयमा आज दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै आईजीपी थापाले सो कुरा बताएका हुन्।

गृह मन्त्रालयमा एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

उनले अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहानाबिना अघि बढाउने प्रतिबद्धता जनाए । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाएर नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताए।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गरे ।

उनले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमान्दारितका साथ पूरा गर्ने विश्वास व्यक्त गरे। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077