Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हतियार देखाएर १० वर्षदेखि लुटपाट मच्चाउँदै आएका नुवाकोटका न्यौपाने पक्राउ, सिक्कादेखि मूर्तिसम्म बरामद

हतियार देखाएर १० वर्षदेखि लुटपाट मच्चाउँदै आएका नुवाकोटका न्यौपाने पक्राउ, सिक्कादेखि मूर्तिसम्म बरामद

मंगलवार , चैत्र ४, २०८१

काठमाडौं । विगत १० वर्षदेखि हतियार देखाएर चोरीदेखि लुटपाटका श्रृखलाहरु मच्चाउँदै आएका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई ललितपुर महानगरपालिका–१३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय विक्रम न्यौपाने छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित शाखा कार्यालय जावलाखेलको टोलीले उनलाई सोमबार दिउँसो भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी विगत १० वर्षदेखि चोरीमा संलग्न थिए । लामो समयदेखि प्रहरीको खोजीमा रहे पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

पक्राउ परेका न्यौपानेको साथबाट प्रहरीले फलामको खुकुरी, खुँडा, बन्चरो, चक्कु, तामा चरेसका विभिन्न ३४ थान भाडा, डिजिटल क्यामेरा ३ थानलगायत १३ थान हतियार बरामद गरेको जनाएको छ ।

त्यसैगरी न्यौपानेको साथबाट विभिन्न ब्राण्डका ९ थान मोबाइल, एप्पलको आइप्याड एक थान, १५ थान घडी, १८ हजार नेपाली रुपैयाँ, पुराना सिक्काहरु, एक–एक थान मोटरसाइकल र स्कुटर, विभिन्न देशका १६ थान नोट, सुन चाँदीका गरगहनाहरु र बुद्धको मूर्ति १ थान बरामद भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077