Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मोरङ आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट

मोरङ आगलागी : दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट

मंगलवार , चैत्र ४, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।

धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयबासीले जनाएका छन् ।

बालबालिकाको परिचय भने खुलेको छैन । आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् ।

चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077