Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रहरीको सेवा सुविधा बढाउन कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने निर्णय

प्रहरीको सेवा सुविधा बढाउन कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने निर्णय

मंगलवार , चैत्र ४, २०८१

काठमाडौँ । नेपाल प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गरिने भएको छ ।

मंगलबार नवनियुक्त आईजीपी दीपक थापाको उपस्थितिमा हेडक्वार्टरमा बसेको पोलिसि कोओर्डिनेशन कमिटी (पिसिसि) बैठकले कोष सञ्चालन कार्यविधि संशोधन गर्ने निर्णय गरेको हो ।

कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिइएको छ ।

कल्याण कोषबाट सबै दर्जाका प्रहरी कर्मचारीलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने विषयमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० को समयानुकूल संशोधन तथा परिमार्जन गर्न सिफारिस समिति गठन गर्ने निर्णय भएको बताइएको छ ।

बैठकमा प्राप्त भएको राय सुझाव समेतलाई समावेश गरी प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै हक हित र कल्याण अभिवृद्धि हुने गरी कोष सञ्चालन कार्यविधि संशोधन गरिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077