Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

टोखाबाट २५ करोडसहित समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो

टोखाबाट २५ करोडसहित समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । प्रहरीले २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन ललितपुर पठाएको छ ।

टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो।

बरामल युरो, डलरसहित थप अनुसन्धान र कारबाहीका लागि विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनलाई मंगलबार नै प्रहरीले विभागको जिम्मा लगाएको हो ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्नेछ।

यो डलर सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरे पनि यसका मालिक को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

पक्राउ परेका चालकले भने एक चिनियाँ नागरिकले सामाखुसीमा ल्याएर दिएको दाबी गरेका छन्।

यद्यपी उनको भनाइलाई पुष्टि हुने थप आधारहरू प्रहरीले भेट्टाएको छैन । डलरका मालिक पत्ता नलाग्दा यति ठूलो रकम कहाँबाट आयो भन्ने समेत खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077