सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा भेप बरामद गरेको छ।
चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट ७४० पिस भेप बरामद भएको हो।
साना–ठूला बट्टामा प्याकिङ गरेको अवस्थामा ७४० पिस भेप बरामद गरिएको प्रहरीले जनाएको छ ।
बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले गएराति गाडी चेकजाँचको क्रममा भेप बरामद गरेको हो।
उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।