Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पाटन अस्पतालबाट एक थुनुवा फरार

पाटन अस्पतालबाट एक थुनुवा फरार

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट एक थुनुवा फरार भएका छन् ।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् ।

थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।

सो क्रमा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ ।

फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

१९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन्।

आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् । त्यसपछि साउद पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077