Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विपद् उद्धारमा ज्यान गुमाएका सशस्त्रका इन्स्पेक्टरलाई ५ लाख दिने निर्णय

विपद् उद्धारमा ज्यान गुमाएका सशस्त्रका इन्स्पेक्टरलाई ५ लाख दिने निर्णय

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् उद्धारमा खटिँदा ज्यान गुमाएका सशस्त्र प्रहरी इन्स्पेक्टर दिलबहादुर बडूवाललाई ५ लाख दिने निर्णय गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।

काभ्रेको रोशीमा विपद् उद्धारमा खटिँदा स्वास्थ्य समस्या भएर सशस्त्र प्रहरी इन्स्पेक्टर बडूवालले ज्यान गुमाएका थिए ।

असोज ११ र १२ मा आएको अविरल वर्षपछि रोशी गाउँपालिकामा उद्धारमा खटिएका बडूवाल गम्भीर बिरामी परेर उपचारको क्रममा उनको असोज २८ मा मृत्यु भएको थियो ।

बडूवाललाई सम्मान गर्ने र परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

कार्यकारी समितिको ३० औँ बैठकले खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धिका लागी पाँचवटा पाठ्यक्रम पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077