Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कैलालीबाट एसईईको प्रश्नपत्रसहित शिक्षक पक्राउ

कैलालीबाट एसईईको प्रश्नपत्रसहित शिक्षक पक्राउ

बिहिवार , चैत्र ६, २०८१

कैलाली । एसईई परीक्षामा अंग्रेजी विषयको प्रश्नपत्रसहित कैलालीबाट एक जना शिक्षक प्रकाउ परेका छन् ।

कैलाली प्रहरीले अंग्रेजी विषयको प्रश्नपत्रसहित सरस्वती मावि लम्की कौवापुरका शिक्षक दीपक धमलालाई पक्राउ गरेको हो ।

धमलालाई इलाका प्रहरी कार्यालय लम्कीले राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको थियो ।

धमलालाई अंग्रेजीको प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनको मोबाइलमा रहेको म्यासेन्जरमा अछामबाट महेन्द्र धमलाले प्रश्नपत्र पठाएको पाइएको छ ।

प्रश्नपत्र बिहीबार बिहान साढे ९ बजेट पठाएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077