Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अख्तियारको उजुरी मिलाइदिन्छु भन्दै घुस लिने पोखरा महानगरका कर्मचारी पक्राउ

अख्तियारको उजुरी मिलाइदिन्छु भन्दै घुस लिने पोखरा महानगरका कर्मचारी पक्राउ

बिहिवार , चैत्र ६, २०८१

पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले महानगर कार्यालय पारी रहेको एक नर्सरीबाट गिरीलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।

गिरीले कार्यालयका एक कर्मचारीको अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै अर्का एक कर्मचारीसँग एक लाख रुपैयाँ मागेका थिए ।

सोही क्रममा उनलाई घुस लिएको २५ हजार नगदसहित बिहीबार पक्राउ गरिएको बताइएको छ । गिरी महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077