झापा । भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागूऔषध ब्राउन सुगर ल्याउने युवक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो भद्रपुर नगरपालिका–४ स्थित डागिबारी क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका–१ घर भई हाल झापाको कनकाई नगरपालिका–७ दुर्गापुर बस्ने २१ वर्षीय सुन्दर सिवा रहेका छन् । उनको साथबाट २१ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका सिवालाई सीमा तैनाथ सशस्त्रले शंका लागी चेकजाँच गरेको थियो ।
सोही क्रममा उनले बोकेको सारइन्थेंटिक झोलाभित्र रहेको सुगर फ्रि बिस्कुटको प्याकेट भित्र लुकाइ छिपाई ल्याएको ३ पोका ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
साथै उनको साथबाट नगद ३ हजार ५३० रुपैयाँ, एउटा मोबाइल लगायतको सामान समेत बरामद गरिएको छ । उनलाई ब्राउन सुगरसहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइएको छ ।