Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रसुवागढी नाकाबाट अवैध सुनसहित एकजना पक्राउ

रसुवागढी नाकाबाट अवैध सुनसहित एकजना पक्राउ

शुक्रवार , चैत्र ७, २०८१

रसुवा । अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा बिहीबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेका छन् ।

जुत्ताभित्र १०६ दशमलव नौ ग्राम सुनका टप, औँठी समेतका गहना र टुक्रा सुन समेत लुकाइछिपाइ ल्याइएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको संयुक्त गस्तीटोलीले जाँचका क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुनको मूल्य १६ लाख १३ हजार ८६५ भएको बताइएको छ ।

पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077