Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक आईजीपी दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे।

यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077