धनुषा।धनुषाको मुखियापट्टिमा प्रहरीले हवाई फायर गरेको छ ।
भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो।
प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरिएको धनुषा प्रहरीले जनाएको छ ।
स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए।
त्यसपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरेको थियो ।
हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।