Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चोरीका २७१ थान मोबाइलसहित काठमाडौंबाट ७ जना पक्राउ

चोरीका २७१ थान मोबाइलसहित काठमाडौंबाट ७ जना पक्राउ

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । प्रहरीले चोरीका २७१ थान मोबाइलसहित सात जनालाई पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेका हो ।

पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा रहेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल छन् ।

उनीहरुबाट विभिन्न ब्राण्डका २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बरामद मोबाइलमध्ये १८ थान आइफोन छन् ।

बुधबार ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल पाकेटमारी भएको थियो । पाकेट मारेर भागेको सूचना आएपछि प्रहरीले खोजी गरेको थियो ।

पाकेटमारीमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गर्दा ठूलो मात्रामा मोबाइल र ल्यापटप बरामद भएको हो । चोरीका मोबाइल यो समूहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077