Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दलितको घर भत्काएको घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएको घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

शुक्रवार , चैत्र ७, २०८१

सिरहा । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् ।

विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटनामा उनीहरुलाई शुक्रबार बेलुकी पक्राउ गरिएको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ ।

उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077