काठमाडौं । नगर प्रहरी कार्यालय काठमाडौं, भृकुटिमण्डपमा कार्यरत प्रहरी निरीक्षक शंकर श्रेष्ठ फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले लगनशील, कर्तव्यनिष्ठ एंव प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गरे भन्दै इन्स्पेक्टर श्रेष्ठलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।
काठमाडौं प्रहरीका प्रमुख तथा एसएसपी विश्व अधिकारीले उनलाई प्रशंसा पत्र प्रदान गरे ।
'सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्धिमा तपाईले पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८१ साल फाल्गुण महिनाको ‘पुलिस अफ द मन्थ’को रुपमा यो प्रशंसा-पत्र प्रदान गरिएको छ,' प्रशंसा पत्रमा उल्लेख छ ।
साथै आगामी दिनमा काठमाडौं जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिइएको छ ।