सिरहा । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि पीडित दिपक मल्लिकको परिवार विस्थापित भएका छन् ।
गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धकधम्की गालीगलोजबाट रातिदेखि दीपकसहित उनको परिवार विस्थापित भएको हो।
महायज्ञ गर्ने नाममा अछुत भन्दै डोम समुदायका दिपकको घरमा डोजर लगाएर उठिबास गराएको घटनामा शुक्रवार साँझ सिरहा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलिप यादवलाई नियन्त्रणमा लिएको थियो।
गाउँपालिका अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरा रुकेश यादवले केही महिलाहरुलाई लिएर दिपक बसोबास गर्ने स्थलमा पुगेर धम्की दिएको थियो ।
उनको धम्कीका कारण दिपकको परिवार विस्थापित भएका छन्। पालिका अध्यक्ष पक्राउपरेपछि तिमीहरुकै कारणले मेरो बुबा पक्राउ परेको भन्दै पालिका अध्यक्ष शिवजी यादवका छोरासहित केही स्थानीयहरु राति दीपकको घरमा पुगेर गालीगलोज तथा धम्की दिएका थिए ।
त्यसपछि त्रासको कारण दीपक र अनिता राति नै वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन् ।