Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वरिष्ठ सईसहित सात जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

वरिष्ठ सईसहित सात जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

शनिवार , चैत्र ८, २०८१

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने सात जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ ।

नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरासहित सात जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योग कसुरमा जाहेरी दर्ता भएको हो ।

गत २९ फागुनको राति डायमण्ड पार्टी प्यालेसमा वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि निर्घात कुटपिट भएको थियो ।

सोही कुटपिटमा संलग्न रहेको आरोपमा वरिष्ठ सई जबरा, प्रहरी जवान दीपेश क्षेत्री, वीरगञ्जकै वडा नम्बर १० का अध्यक्ष सुशील साह कानु लगायतविरुद्ध जाहेरी दर्ता भएको हो ।

उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता भएको पर्सा प्रहरीले पुष्टि गरेको छ । अब उनीहरुलाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077