Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सालकको खपेटासहित थानकोटबाट एक जना पक्राउ

सालकको खपेटासहित थानकोटबाट एक जना पक्राउ

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । प्रहरीले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित चित्लाङ-थानकोट सडकखण्डबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-६ का ३२ वर्षीय सुवास तामाङ रहेका छन्।

उनले बोकेको झोलाबाट आठ वटा सालकका खपेटा, एउटा नंग्रा, हड्डी, दुम्सीको काँडा जस्तो तीन वटा, ५२ हजार रुपैयाँ र एउटा मोबाइल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीलाई पक्राउ गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय काठमाडौं हात्तिसारमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077