Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले गरे प्रहरी चौकीमा ढुंगामुढा

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले गरे प्रहरी चौकीमा ढुंगामुढा

आइतवार , चैत्र ९, २०८१

बाँके । पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्युपछि तनाव उत्पन्न भएको छ।

प्रहरी चौकी बेतहनीमा ढुंगामुढा गर्दै स्थानीयले पानी ट्यांकरमा आगजनी गरेका छन्।

बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो एउटा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्युपछि स्थानीय आक्रोसित बनेका हुन्।

प्रहरीले पुगेर चालकलाई प्रहरी चौकी बेतहनीमा ल्याएपछि स्थानीय त्यही आएर ढुंगा हान्न थालेका हुन्।

स्थानीयका अनुसार घटना भइसकेपछि केही ढिला गरी मात्रै प्रहरी घटनास्थल पुगेको थियो।

त्यतिखेरसम्म आक्रोसित स्थानीयले ट्यांकरमा आगजनी गरिसकेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077