Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वडाध्यक्ष कुटपिट प्रकरण : वरिष्ठ सईसहित सात जनाविरुद्ध पक्राउ पुर्जी

वडाध्यक्ष कुटपिट प्रकरण : वरिष्ठ सईसहित सात जनाविरुद्ध पक्राउ पुर्जी

आइतवार , चैत्र ९, २०८१

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गरेको आरोपमा नेपाल प्रहरीका वरिष्ठ सईसहित जनाविरुद्ध पक्राउपुर्जी जारी भएको छ ।

आइतबार पर्सा जिल्ला अदालतले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले अनलाइन नेपाललाई बताए ।

अध्यक्ष चतुर्वेदीले गत शुक्रबार पर्सा प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।

नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरासहित सात जनाविरुद्ध पक्राउपुर्जी जारी भएको एसपी मिश्रले बताए ।

गत २९ फागुनको राती डायमण्ड पार्टी प्यालेसमा वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि निर्घात कुटपिट भएको थियो । आफूमाथि ७ जनाको समूहले आक्रमण गरेको अध्यक्ष चतुर्वेदीको भनाइ छ । सीसीटीभी फुटेजमा समेत उनीमाथि आक्रमण भएको देखिन्छ ।

सोही कुटपिटमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ घर भएका ४२ वर्षीय भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का ३७ वर्षीय विक्की गुप्ता, वीरगञ्ज–१० का लखनलाल गुप्ता छन् ।

अब उनीहरुलाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने एसपी मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077