काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले थुनुवाहरूलाई भौतिक संरचनाको मापदण्ड बमोजिम हिरासतमा राखिएको दाबी गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आईजीपी थापाले यस्तो दाबी गरेका हुन् ।
उनले हिरासतमा रहेका व्यक्तिहरूको मानव अधिकारको पूर्ण प्रत्याभूति हुनेगरी व्यवस्थापन गरेको बताए । हिरासतमा रहेका व्यक्तिहरूलाई आधारभूत आवश्यकता अन्तर्गत गाँस, बास र कपासको व्यवस्थापन गरिएको उनको भनाइ छ ।
उनले देशभरका विभिन्न स्थायी तथा अस्थायी इकाइहरूबाट अभियुक्तमाथि मुद्दा चलाउने गरेको जानकारी दिए ।
यस्तै आईजीपी थापाले गृहमन्त्रीको अग्रसरतामा देशभर लागुऔषध नियन्त्रणसम्बन्धी महाभियान सञ्चालन भइरहेको पनि बताए ।