Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने नेविसंघका नेता कारागार चलान

उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने नेविसंघका नेता कारागार चलान

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न नेविसंघका नेता योगेन्द्र रावल कारागार चलान भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेर अदालत पेस गरेको थियो । त्यसपछि उनलाई अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको हो ।

ज्यान मार्ने उद्योगमा उनीमाथि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। जिल्ला अदालतको उक्त फैसला उच्च अदालतले पनि सदर गरेको थियो।

जिल्ला अदालत, काठमाडौँले २०८० मंसिर ७ गते चलाउनेमाथि आक्रमणमा संलग्न रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, सयुज श्रेष्ठ, रविनकुमार लामालाई दोषी ठहर गरेको थियो ।

चलाउनेमाथि आक्रमणको मुख्य योजनाकार हरिप्रसाद आचार्य भने अझै पनि फरार छन् । उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077