Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेपसहित चारजना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेपसहित चारजना पक्राउ

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चारजना पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई शनिबार विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् ।

उनीहरु शनिबार फ्लाई दुबईको उडानबाट काठमाडौं आएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077