Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

प्रहरी चौकीमा स्थानीयले लगाए आगो

प्रहरी चौकीमा स्थानीयले लगाए आगो

आइतवार , चैत्र ९, २०८१

बाँके । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएपछि स्थानीयले बेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन् ।

स्थानीय ७ वर्षीय शिव गोडिया र ९ वर्षीय उनका दाजु विशाल गोडिया स्कुलबाट घर फर्किंदा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।

ट्यांकरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएपश्चात स्थानीयले प्रहरी चौकीमा आगजनी गरेका हुन् । घटनास्थलबाट स्थानीयले शव उठाउन दिएका छैनन् ।

घटनालगत्तै आक्रोशित स्थानीयले पानी बोक्ने ट्यांकरमा आगो लगाएका थिए । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077