Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आईजीपी थापाको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

आईजीपी थापाको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह नवलपरासी पश्चिममा सञ्चालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको उपस्थिति मंगलबार समारोह सम्पन्न भएको हो । समारोहमा आईजीपी थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरुको कठोर परिश्रम, अनुशासन र समर्पणको प्रशंसा गरे ।

उनले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न यस्ता विशेष तालिमहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै सिकेका सीपहरू व्यावहारिक रूपमा लागू गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा आयोजित उक्त तालिममा प्रहरी कर्मचारीहरूलाई विशेष शारीरिक तथा मानसिक दक्षता अभिवृद्धि गराउने उद्देश्य राखिएको थियो ।

तालिम अन्तर्गत विभिन्न उच्चस्तरीय सुरक्षात्मक प्रविधि, विशेष कारवाही क्षमता, शारीरिक सहनशक्ति तथा आपतकालीन अवस्थामा आवश्यक पर्ने रणनीति सिकाइएको थियो।

दशौं समूहको कमाण्डो तालिम १०५ जनाले सम्पन्न गरेका छन् । प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी कुल १०५ जनाले निकै कठिन मानिने कमाण्डो तालिम लिएका हुन् । यसपटकको कमाण्डो तालिममा प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोकुलकुमार धानुक सर्वोत्कृष्ट बनेका थिए ।

कार्यक्रममा अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), तालिमका प्रशिक्षक तथा प्रहरी अधिकारीहरू उपस्थित रहेका थिए । दिक्षान्त समारोहका अवसरमा प्रशिक्षार्थीहरूले सिकेका सीपहरू प्रदर्शन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077