Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हत्यामा संलग्न रहेको आरोपमा १६ जना पक्राउ

हत्यामा संलग्न रहेको आरोपमा १६ जना पक्राउ

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा संलग्न १६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच पुरानो रिसिइबीलाई झगडा हुँदा सो घटना घटेको थियो ।

दोलखा जिल्लाको साविक भेड्पु गाविस हाल मेलुङ गाउँपालिका वडा नं. ४ स्थायी घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ७ बस्ने स्वस्तिका तामाङको छोरा वर्ष २३ को अबे तामाङलाई स्थायी घर पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका वडन नं. १० स्युचाटार बस्ने वर्ष २१ को आशिष श्रेष्ठसमेतका व्यक्तिहरुले धारिलो हतियार तथा फलामको रडहरु प्रहार गरि घाइते बनाएका थिए । तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

सो घटनामा सङ्लग्न श्रेष्ठसहित २१ वर्षीय सुजन तामाङ, २७ वर्षीय राज अर्याल, २० वर्षीय डेनिलय विश्वकर्मा, २० वर्षीय निश्चल ब्लोन तामाङ, १९ वर्षीय सुशान श्रेष्ठ, २३ वर्षीय विनय आले मगर, २१ वर्षीय खेमराज बहादुर मगर, २२ वर्षीय रन्जित श्रेष्ठ, २० वर्षीय साङ्गे तामाङ, २५ वर्षीय अजित बुढाथोकी, २५ वर्षीय रोहित खड्का, २० वर्षीय प्रबिन झेडी, १९ वर्षीय गौतम कमर जोगी, २२ वर्षीय प्रवेश गुरुङ र २२ वर्षीय डेबिड घले पक्राउ परेका हुन् ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति भइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077