Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीन प्रहरीसहित सातविरुद्ध डकैती र क्रिप्टोको मुद्दा

तीन प्रहरीसहित सातविरुद्ध डकैती र क्रिप्टोको मुद्दा

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । लुटपाटमा संलग्न तीन प्रहरीसहित सात जनाविरुद्ध डकैती तथा क्रिप्टो कारोबारको मुद्दा दायर भएको छ । क्रिप्टो कारोबारीको १४ लाख लुटेको घटनामा संलग्नविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो ।

प्रहरी वृत्त वानेश्वरका घुमुवा प्रहरीद्वय हवल्दार खगेन्द्र मल्ल ठकुरी र जवान हिरा बहादुर मग्राती तथा सशस्त्र प्रहरीका हवल्दार राजेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुले गत १८ फागुनमा क्रिप्टो कारोबारी धादिङ घर भएका रोशन गुरुङको बानेश्वरमा १४ लाख रुपैयाँ लुटेका हुन्। हत्कडी देखाउँदै क्रिप्टो कारोबार मुद्दामा फसाउने भनेर लुटपाट गरेका हुन् ।

यो गिरोहमा संलग्न कपिल वस्नेत, संजोक तामाङ, मनिष कुमार राय र जब्बाद नसिमविरुद्ध पनि मुद्दा दायर भएको छ ।
नसिमलाई रोशनले क्रिप्टो कारोबार गर्ने थाहा थियो । उनले नै प्रहरी लगाएर तर्साई पैसा लुट्ने योजना बनाएका थिए ।

सोहीअनुसार क्रिप्टो किन्न बोलाएर प्रहरी लगाई लुटपाट गराएका हुन् । लुटेकोमध्ये सात लाख सशस्त्र प्रहरीका हवल्दार केसीको खातामा भेटिएको थियो । घटनामा प्रहरी वृत्त वानेश्वरका डिएसपी वीरेन्द्र गोदारको पनि शंकास्पद भूमिका रहेपनि उनीमाथि छानविन भएन।

उता रोशनविरुद्ध भने क्रिप्टो कारोबारको छुट्टै मुद्दा दायर भएको छ । उनीसहित आयुषजंग कार्की र जव्वाद नसिमविरुद्ध एक अर्ब ८७ करोड रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077