Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाई सम्पर्कविहीन, खोज्दै प्रहरी

दुर्गा प्रसाई सम्पर्कविहीन, खोज्दै प्रहरी

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । दुर्गा प्रसाई सम्पर्कविहीन भएका छन् । प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।

तर उनको भक्तपुरको घरमा खोजी गर्दा उनी नभेटिएका हुन् ।

तर, उनी सम्पर्कविहीन भएका छन् । प्रहरी अधिकारीका अनुसार उनको खोजी तीब्र पारिएको छ ।

गृहमन्त्री रमेश लेखकले अराजक प्रसाईंलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी नेतृत्वलाई निर्देशन दिएसँगै प्रहरी खटिएको हो ।

काठमाडौं, ललितपुर, भक्तपुरका तीन वटै प्रहरी प्रमुखलाई प्रसाईं पक्राउका लागि अलर्ट रहन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077