Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकारको गुप्तचरी संयन्त्र किन असफल भयो ?

सरकारको गुप्तचरी संयन्त्र किन असफल भयो ?

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । दुर्गा प्रसाईको नेतृत्वमा शुक्रबार भएको आन्दोलनलाई कमजोर आकलन गर्दा ठूलो क्षति हुन पुगेको छ। गृह मन्त्रालयले सामान्य प्रदर्शन हुने ठानेर ठूलो तयारी गरेको थिएन ।

तर, प्रसाईले हिंसात्मक आन्दोलन गर्ने तयारी गरेका थिए । उनको त्यो रणनीति चाल नपाउदा आन्दोलन हिंसात्मक भयो। दुई जनाले ज्यान गुमाए भने तोडफोड र आगजनी समेत भएको छ। सेना समेत सडकमा निस्कनुपर्ने अवस्था आएको छ।

यो घटनाले सिंगो गृह मन्त्रालय र प्रहरीको कमजोरी त बाहिर आएको छ नै देशको गुप्तचरी समेत कति निकम्मा भइसकेको छ भन्ने प्रष्ट भएको छ ।

२ हजार जनशक्ति रहेको राष्ट्रिय अनुसन्धान विभागको मुख्य काम नै यस्तै अवस्थामा सूचना संकलन गर्नु हो । पछिल्लो समय उसको गुप्तचरी खस्कदै गएको शुक्रबारको घटनाले देखाएको छ । विभागका प्रमुख हुतराज थापाको कार्यक्षमतामाथि पनि प्रश्न उठेको छ ।

शुक्रबार आन्दोलनमा व्यक्तिका घर समेत जलाइएको छ । जडीबुटी कम्पनीमै आगजनी हुँदा प्रहरी पुग्न सकेन । एउटा समूह विभिन्न ठाउँ पुगेर यसरी आगजनी गरेको थियो । त्यो समूहसँग सडकका प्रहरी नै डराएर भाग्नुपर्ने अवस्था आएको थियो ।

यसको प्रमुख कारण गृह मन्त्रालयमा अनुभवी टिमको अभाव र कमजोरी गुप्तचरी नै हो । गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा अनुभवीभन्दा आफु निकटस्थलाई राखेका छन् ।

उनीहरुको काम शान्ति सुरक्षा भन्दा असुली धन्दामा व्यस्त छ । प्रधानमन्त्रीको प्रत्यक्ष मातहत रहेको गुप्तचर विभाग पनि कमजोर हुँदै देशकै बेइज्जत हुने घटना शुक्रबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077