Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुने क्षेत्रको कर्फ्यु शनिबार बिहान सात बजेसम्म लम्बियो

तीनकुने क्षेत्रको कर्फ्यु शनिबार बिहान सात बजेसम्म लम्बियो

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । बानेश्वर–तीनकुने क्षेत्रमा शुक्रबार अपराह्नदेखि लागू भएको कर्फ्यु आदेश लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार बिहान ७ बजेसम्म कर्फ्यु लम्ब्याएको हो ।

यसअघि प्रशासनले राजावादीहरूको प्रदर्शन उग्र बनेपछि काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

बानेश्वर तथा तीनकुने आसपासका चार किल्ला तोकी सो सिमाना भित्र कसैले पनि आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनको सूचनामा उल्लेख छ ।

ध्वंसात्मक गतिविधि बढेपछि सेनाको गस्ती पनि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077