काठमाडौं । प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै राजावादी अभियन्ता स्वागत नेपाल, नवराज सुवेदी लगायतलाई पनि पक्राउ गरिएको छ ।
यता राजतन्त्रको पक्षमा शुक्रबार राजधानीमा हिंसात्मक आन्दोलन गरेका दुर्गा प्रसाईं भूमिगत भएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्रको पक्षमा भएको सो आन्दोलनमा प्रसाईंलाई नै कमान्डर तोकेका थिए। जसमा नवराज सुवेदी, धवलशमशेर जबरा तथा रवीन्द्र मिश्रलगायत सहभागी थिए।