Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुने घटना : ५१ पक्राउ, ८८ घाइते

तीनकुने घटना : ५१ पक्राउ, ८८ घाइते

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदर्शनमा संलग्न नेताहरुसहित ५१ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो।

एसपी बोहोराका अनुसार प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका छन्। तीमध्ये २२ जना सशस्त्र प्रहरी र ३१ जना नेपाल प्रहरी रहेका छन्। यस्तै, प्रदर्शनकारी पक्षका ३५ जना घाइते भएका छन्।

घटनामा दुई जनाको मृत्यु भएको छ । सरकारी ९ वटा तथा निजी ६ वटा सवारीसाधन गरी जम्मा १५ वटा गाडी तोडफोड भएका छन् । शुक्रबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077